शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धेरै भारी वर्षाको सम्भावना

धेरै भारी वर्षाको सम्भावना

नागरिक पाटी

२३, भाद्र २०८३
  • 1.8K
    SHARES
  • धेरै भारी वर्षाको सम्भावना

    देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाका सम्भावना छ ।

    images
    images

    विभागले देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र sirहिमपातको सम्भावना छ ।

    पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको विभागले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८३ मंगलवार - ०८:०२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology