शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

केही स्थानमा आज भारी वर्षाको सम्भावना

केही स्थानमा आज भारी वर्षाको सम्भावना

नागरिक पाटी

२७, भाद्र २०८३
  • 1.5K
    SHARES
  • केही स्थानमा आज भारी वर्षाको सम्भावना

    देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    images
    images

    राति कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

    विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बादल लाग्ने प्रस्ट पारेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०८३ शनिवार - ०८:१२:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology