शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य यथावत

पेट्रोलियम पदार्थको मूल्य यथावत

नागरिक पाटी

३१, भाद्र २०८३
  • 1.2K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य यथावत

    इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थिति लाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गते देखि लागू हुने गरी साविकको मूल्य नै कायम राखिएको हो।

    images
    images

    मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ। भदौ ३० गते आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो।

    सञ्चालक समितिको निर्णयपछि अब पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम रहनेछ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल पर्छन्।

    यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर २४९ रुपैयाँ र काठमाडौँतर्फ अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम छ। १४.२ किलोग्रामको एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर वृद्धि भइरहँदा पनि खुद्रा बिक्री मूल्य समायोजन नगरिँदा निगमलाई पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने देखिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०८३ बुधवार - ०७:५४:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology