शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कृष्णभीरको सडकमा दुईतर्फी यातायात सञ्चालन

कृष्णभीरको सडकमा दुईतर्फी यातायात सञ्चालन

नागरिक पाटी

१, आश्विन २०८३
  • 1.2K
    SHARES
  • कृष्णभीरको सडकमा दुईतर्फी यातायात सञ्चालन

    अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्रयाक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । पूर्ण रुपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्रयाक खोलिएको हो । नागढुंगा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि सडक सञ्चालनमा ल्याइएको छ।

    images
    images

    यही भदौ १४ गते कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो । 

    नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकामा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनःस्थापनाको काम गरेसँगै छोटो समयमा सडक सञ्चालनमा आएको हो ।

    दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो । आजदेखि भने नियमित गरिएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ०८:२१:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology