शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना

रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना

नागरिक पाटी

५, आश्विन २०८३
  • 1.2K
    SHARES
  • रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना

    नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेर यो जानकारी दिएको हो । सूचनामा उल्लेख भएअनुसार असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    images
    images

    चितवनमा भने मध्यम वर्षाको सम्भावना छ । गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१।४ मिलिमिटर वर्षा मापन भएको थियो ।

    रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो रंगले संकेत गरेर मौसमबारे अध्यावधिक रहन महाशाखाले भनेको छ ।

    गत भदौ १० गतेको भोटेकोशी बाढीपछि तहसनहस भएको सडक सन्जाल पुनस्स्थापित गर्दै विपद व्यवस्थापनको काम चलिरहेकाले ती जिल्लामा रहेकाहरुलाई मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन भनिएको छ ।

    वर्षाका कारण ती जिल्लाका नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको हो ।

    साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने भन्दै मौसमविद्हरूले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह पनि गरेका छन्।

    यसबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकमा समेत छलफल भएको थियो । सो बैठकले वर्षा गराउने प्रणालीको निरन्तर निगरानी गर्ने र सोहीअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ ।

    rain-forecast.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - ०७:५६:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology