शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी कांग्रेस नगर सभापतिमा माधव सिलवालको उम्मेदवारी

धुनिवेशी कांग्रेस नगर सभापतिमा माधव सिलवालको उम्मेदवारी

नागरिक पाटी

७, आश्विन २०८३
  • 1.1K
    SHARES
  • धुनिवेशी कांग्रेस नगर सभापतिमा माधव सिलवालको उम्मेदवारी

    नेपाली कांग्रेस धुनिवेशी नगर सभापति पदका लागि माधव प्रसाद सिलवालले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी संगठनलाई व्यक्तिमुखी नभई संस्थागत र प्रणालीमा आधारित बनाउने उहाँको प्रतिबद्धता छ ।

    images
    images

    नौ वटै वडालाई व्यवस्थित रूपमा जोड्ने, युवा तथा महिलाको अर्थपूर्ण सहभागिता बढाउने, अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच समन्वय गर्ने तथा संगठनमा पारदर्शिता र राजनीतिक संस्कारलाई प्राथमिकता दिने उनको घोषणा छ ।

    उम्मेदवारी घोषणा गर्दै उनले धुनिवेशी नगरपालिकाका नौ वटै वडाबाट निर्वाचित वडा सभापति, पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिलाई बधाई दिँदै सबैको एकता, सहकार्य र जिम्मेवार नेतृत्वबाट पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

    उनले संगठनलाई व्यक्तिमुखी नभई प्रणालीमुखी बनाउने, नौवटै वडाको अवस्था नियमित रूपमा बुझ्ने, सदस्यता तथा संगठनको अभिलेख व्यवस्थित गर्ने, कार्यकर्ता विचमा प्रशिक्षण सञ्चालन गर्ने तथा पार्टि निर्णयको कार्यान्वयन र समीक्षा गर्ने संयन्त्र विकास गर्ने प्रस्ताव अघि सारेेका छन् ।

    निर्वाचनका बेला मात्र सक्रिय हुने नभई वर्षभरि कार्यकर्ता र नागरिकसँग जोडिएको संगठन निर्माण गर्नुपर्ने उनको धारणा छ ।

    युवाको सहभागितालाई आफ्नो उम्मेदवारीको अर्को महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गर्दै युवालाई केवल कार्यक्रमको भीडका रूपमा नभई नीति, विचार र नेतृत्व निर्माणको साझेदार बनाउनुपर्ने उहाँको धारणा छ । उनले संविधान, स्थानीय सरकार, बजेट, नीति निर्माण, सञ्चार तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षणमार्फत नयाँ पुस्तालाई नेतृत्वका लागि तयार गर्नुपर्नेमा जोड दिए ।

    उमेद्वारी घोषणाका क्रममा उहाँले महिलाको सहभागिता निर्णय र नेतृत्व तहमा अर्थपूर्ण बनाउनुपर्ने तथा अग्रज र नयाँ पुस्ताबीच नियमित संवाद आवश्यक रहेको उल्लेख गर्नुभएको छ । पार्टिभित्र मतभिन्नता भए पनि राजनीतिक संस्कार र आर्थिक पारदर्शितालाई समेत प्राथमिकतामा राख्दै आपसी सम्मान कायम राख्नुपर्ने उहाँको धारणा छ । कार्यक्रमअघि योजना, स्रोत र जिम्मेवारी तथा कार्यक्रमपछि अभिलेख र समीक्षा गर्ने प्रणाली विकास गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - ०८:२१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology