शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तीन दिनको मौसम : यी स्थानमा अति भारी वर्षा हुने

तीन दिनको मौसम : यी स्थानमा अति भारी वर्षा हुने

नागरिक पाटी

८, आश्विन २०८३
  • 1.3K
    SHARES
  • तीन दिनको मौसम : यी स्थानमा अति भारी वर्षा हुने

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।

    images
    images

    यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको र त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    हाल कोसी, मधेस र वाग्मती प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका अनुसार बिहीबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस तथा कोसी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    बिहीबार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । मधेश, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    शुक्रबार दिउँसो कोसी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - ०८:५२:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology