देशका धेरै भूभागमा बुधबार यता पानी परेको छ । काठमाडौंसहित कतिपय स्थानमा भारी वर्षा भएको छ । शनिबार (असोज १०) पनि केही ठाउँमा धेरै भारीसम्म वर्षा र हावाहुरी समेतको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि देशका विभिन्न भूभागमा अझै भारी वर्षाको सम्भावना कायमै रहेको बताएका छन् । विशेष गरी पश्चिम क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको उनले उल्लेख गरेका छन् ।