कालीगण्डकीमा आएको बाढीले स्याङ्जा (मिर्मी) र गुल्मी (हार्मिचौर) जोड्ने बेलिब्रिज बगाएको छ । १४४ मेगावाट क्षमताको कालिगण्डकी ए जलविद्युत् आयोजनाको यो बेलिब्रिज आयोजना कालदेखि सञ्चालनमा आएको थियो । आइतबार बिहान आएको बाढीले बेलिब्रिज बगाएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन् । आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ ।