मुख्यमन्त्री किरण थापाले नारायणी नदीमा आएको बाढी र कटानले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।
उनले विपद्को यस कठिन घडीमा सरकार पीडितको साथमा रहेको र तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र राहत वितरण पहिलो प्राथमिकता रहेको बताए ।
नारायणी नदीको दीर्घकालीन समस्या समाधानका लागि केन्द्र सरकारसँग समन्वय गरी गुरुयोजनासहित काम अगाडि बढाइने र प्रदेशमा छुट्टै विपद् व्यवस्थापन प्राधिकरण बनाइने उनले बताए ।अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी र कटानले पुर्याएको क्षतिको मुख्यमन्त्री किरण थापाले स्थलगत अवलोकन गरेका छन् ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मंगलबार चितवनको भरतपुर पुगेका मुख्यमन्त्री थापाले विपद्को यस कठिन घडीमा सरकार पीडितको साथमा रहेको बताए ।