शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गृह मन्त्रालयद्वारा २५ सहसचिव-उपसचिवको सरुवा

गृह मन्त्रालयद्वारा २५ सहसचिव-उपसचिवको सरुवा

  • 6.9K
    SHARES
  • काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। आइतबारको मन्त्रिस्तरीय निर्णयबाट तराईका केही सहसचिव (प्रमुख जिल्ला अधिकारी), पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (उपसचिव) र तराईमा रहेका सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो। गृह स्रोतका अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको सुनसरी सरुवा भएको छ। सर्लाहीमा इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसी पठाइएका छन्। कपिलवस्तुका रामेश्वर अर्यालको तनहुँ सरुवा भएको छ। मोरङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीको तेह्रथुम सरुवा भएको छ। तेह्रथुमकी लक्ष्मीदेवी होमागाईंको काभ्रे सरुवा भएको छ। ताप्लेजुङका अर्जुन भण्डारीको मोरङ, डोरेन्द्र निरौलाको ताप्लेजुङ सरुवा भएको छ। चन्द्रबहादुर कार्कीको कालिकोटबाट धरानस्थित इलाका प्रशासन कार्यालय सरुवा भएको छ। कृष्णप्रसाद पन्ध पाल्पाबाट प्युठान, प्युठानका बद्रीनाथ गैरेको नुवाकोट, कृष्णचन्द्र पौडेलको कालिकोट सरुवा भएको छ। शम्भु ऐरीको रुपन्देहीबाट रापप विभाग, गृहका ज्ञाननाथ ढकाल म्याग्दी, युवराज कँडेलको दैलेख, बेदनिधि खनालको सोलुखुम्बु, बेदनिधि अधिकारीको रुकुमपूर्व, पुष्पराज पौडेलको रुकुमपश्चिम, मित्रलाल शर्माको गृह मन्त्रालय, नरेन्द्र रानाको गृह मन्त्रालय, लीलाधर अधिकारीको अध्यागमन, खुमकान्त अर्यालको साँखु, वसन्त पुरीको काभ्रेबाट गृह मन्त्रालय, तुलसीराम पौडेलको गोरखा, लक्ष्मी बाँस्कोटाको कारागार सुन्धारा र रुद्रनाथ देवकोटाको अध्यागमन विभाग सरुवा भएको छ। २०७६ श्रावण १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७६ सोमवार - २२:५८:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology