शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अध्ययन अनुसन्धान जारी नै छ : गृहमन्त्री

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अध्ययन अनुसन्धान जारी नै छ : गृहमन्त्री

  • 5.1K
    SHARES
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको हत्यारा पत्ता लगाउने सन्दर्भमा अध्ययन अनुसन्धान जारी नै रहेको वताएका छन् । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समिति सदस्य चन्द्र बहादुर खड्काले डीएनए परीक्षण बाहेक साविति बयान लगायत कारणले विष्ट नै दोषी देखिए पनि घटनाको दोषि पत्ता लगाउन किन अलमल भएको भनि प्रश्न गरेका थिए । डीएनए परीक्षण नमिलेका कारण दिलिप सिंह विष्टलाई दोषी किटान गर्न नसकिएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । समितिले सरकारी आश्वासन कार्यान्वयनका सम्बन्धमा गृहमन्त्रीलाई छलफलमा बोलाएको थियो । गृहमन्त्रीको जवाफ पछि समिति सभापति राम नारायण विडारीले अनुसन्धानलाई प्रतिकुल असर नपर्ने गरि पन्त हत्याको घटना अध्ययन अनुसन्धानका सम्पुर्ण कागजात समितिमा उपलब्ध गराउन आग्रह गरे । २०७६ श्रावण १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - ०५:२८:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology