शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मैना सुनुवार परिवारबाट सेनाको मेलमिलाप प्रस्ताव अस्वीकार

मैना सुनुवार परिवारबाट सेनाको मेलमिलाप प्रस्ताव अस्वीकार

  • 5.8K
    SHARES
  • काठमाडौं । बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ । १६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी मैना सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरेका हुन् । पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा नेपाली सेनाले आफूहरूसँग मिल्न प्र्रस्ताव राखेका थिए । पहिलो प्रस्ताव अस्वीकार भएपछि नेपाली सेनाले भद्रकाली बोलाएर दोस्रोपटक प्र्रस्ताव राखेको थियो । पहिलोपटक काठमाडांैको तीनकुनेको एक क्याफेमा नेपाली सेनाको कर्णेलले मैनाकी आमा देवी सुनारलाई अहिलेको अवस्था हेरेर मेलमिलाप गर्नुपर्ने प्र्रस्ताव गरेका थिए । मैनाले अध्ययन गरेको काभ्रेको भगवती उच्च माविमा अक्षय कोष खडा गर्ने र मृत्यु भएको नेपाली सेनाको सालिकसँगै उनको शालिक निर्माण गरिदिने प्रस्ताव गरेको थियो । तर, मैनाकी आमा देवीले सो प्रस्ताव आफूले अस्वीकार गरेको बताइन् । बहिनी गीतासँग तीनकुने पुगेकी देवीसँग नेपाली सेनाले चार घण्टा कुराकानी भएको उनको भनाइ छ । देवीले न्यायका लागि भइरहेको संघर्ष कमजोर हुने ठानेर सो प्रस्ताव अस्वीकार गरेको बताइन् । भेटमा सहभागी सेनाका अधिकारीहरूले उक्त भेट प्रधानसेनापति पूर्णचन्द्र थापाको आग्रहमा गरिएको बताएका थिए । आजको राजधानी दैनिकमा खबर छ । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १५:४०:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology