शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"जनता बलियो भएका बेला कसैको पनि केही नचल्ने" : नेम्वाङ

"जनता बलियो भएका बेला कसैको पनि केही नचल्ने" : नेम्वाङ

  • 4.9K
    SHARES
  • काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा भंग गर्न र संविधान बन्न नदिन विभिन्न शक्ति केन्द्रले दबाब दिएको खुलासा गरेका छन्। संविधानसभा सदस्य एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले लेखेको ‘ संविधान निर्माण स् घटना र अनुभूति’ नामक पुस्तकको वमोचन गर्दै नेम्वाङले यस्तो बताएका हुन्। ‘त्यतिखेर संविधान नबनोस भन्नेको अनुहार झल्झली सम्झन्छु। तर नाम बिर्से,’ नेम्वाङले भने, ‘जनताका उपलब्धि समाप्त होस भनेर अहिले पनि केही शक्तिहरु लागेका छन्। उनिहरुको सपना पुरा हुँदैन।’ जनताको बलमा संविधान बनेको भन्दै नेम्वाङले जनता बलियो भएका बेला कसैको पनि केही नचल्ने बताए। संविधानमा कुनै पनि त्रुटि नरहेको नेम्वाङले दाबी गरे। बार एसोसियनसका पूर्वअध्यक्ष शम्भु थापाले सत्तामा बस्नेकै कारण गणतन्त्रमा धमिला लाग्ने खतरा देखिएको भन्दै सचेत हुन आग्रह गरे। संविधानसभाबाट संविधान बन्ने क्रममा रहेका तितामिठा घटना र दस्तावेज संकलन गरेर पुस्तकलाई संग्रणीय सामग्री बनाएको लेखक सिंहले जानकारी दिए। पुस्तक पूर्वराष्ट्रपति डा। रामवरण यादव र संविधानसभाका सभामुख सुवास नेम्वाङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - ०५:०४:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology