शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यहि भाद्र १६ गते महेशदोभानमा "तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६" हुने

यहि भाद्र १६ गते महेशदोभानमा "तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६" हुने

  • 6.3K
    SHARES
  • विपिन मल्ल धादिङ । धादिङको गल्छि-६ महेशदोभानमा रहेको अम्लेश्वर महादेव मन्दिर परिसरमा वैरेनि युवा समुहले यहि मिति २०७६ भाद्र १६ गते हरितालिका तिजको दिन "तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६" गर्ने भएको छ । "धर्म , लोक सँस्कृती , चाड हाम्रो पहिचान यिनको संरक्षण र सम्र्वदन गर्ने हाम्रो मुल अभियान" भन्ने मुल नाराका साथ ख्याति प्राप्त चर्चित कलाकारहरु र स्थानियहरुको बेजोड प्रस्तुति रहने वैरेनि युवा समुहका श्रीराम खतिवडाले जानकारी दिनु भयो । कार्यक्रममा अहिलेका चर्चित गित गलबन्दि, बोल माया लगायतमा हिट गित गाउनु भएको गायिका शान्ति श्री परियार । त्यसै गरि चर्चित लोक गायक पुस्कल शर्मा । सञ्चारकर्मी,कलाकार हुदैँ अहिले सबैको मन मुटुमा बस्न सफल समाजसेवि एवंम कलाकार शिशिर भण्डारी । हिमाल घले, मिना बुढाथोकि, बलबहादुर गुरुङ र कमला गैरे लगायतमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । दर्शकहरुले कार्यक्रम हेर्न आउदाँ प्रवेश शुल्क एक रुपैँया पनि तिर्न नपर्ने बैरेनि युवा समुहका अध्यक्ष संजय श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा भाग लिदैँ आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहने व्यक्तिले श्रीराम खतिवडाको मेवाईल नंबर ९८५१०१०५२० मा सम्पर्क गर्नुहोला । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - १७:३०:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology