शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपामा कार्य विभाजन, केन्द्रीय समितिमा ४ जना थपिए (नामावलीसहित)

नेकपामा कार्य विभाजन, केन्द्रीय समितिमा ४ जना थपिए (नामावलीसहित)

  • 5.2K
    SHARES
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको महासचिव विष्णु पौडेलले बताए । बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ । यो विभागको उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ । त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाल विदेश विभागको उपप्रमुखमा नियुक्त भएका छन् । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई चयन गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख नियुक्त गरिएको छ । यो विभागको प्रमुख घनश्याम भुसाल छन् । चर्चित नेतृ रामकुमारी झाँक्रीलाई इन्जिनियर संगठनको सहइञ्चार्ज तोकिएको छ । बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई थप गरेको छ । त्यस्तै कर्णाली अञ्चल सम्पर्क समन्वय कमिटीको इञ्चार्जमा सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जमा वीरमान चौधरीलाई जिम्मा दिइएको छ । जनवर्गीय संगठनतर्फ सहइञ्चार्ज थप्ने क्रममा महिलामा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ, दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमवहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाल सहइञ्चार्ज थपिएका छन् । जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई चयन भएका छन् । खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ नियुक्त भएका छन् भने शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्की चयन भएका छन् । जिल्लातर्फ पनि केही सहइञ्चार्ज थपिएका छन् । थपिनेमा तिलकुमार मेन्याङबो ताप्लेजुङ, भगवती चौधरी सुनसरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, चुँडामणी जंगली कास्की र दीपक देवकोटा कैलाली छन् । यसैबीच पर्सा जिल्ला इञ्चार्जमा रामचन्द्र साह तेली र मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्री चयन भएका छन् । कसले कुन जिम्मेवारी पाए ? भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख सहकारी विभाग उपप्रमुख : कमल चौलागाई प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज अमृता थापामगर : महिला संघ सहइन्चार्ज सीता पौडेल : महिला संघ सहइन्चार्ज सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज तिलक परियार : दलित मोर्चा सहइन्चार्ज बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज जिल्ला सहइन्चार्जहरु तिलकुमार मेन्याङबो : ताप्लेजुङ भगवती चौधरी : सुनसरी प्रमोदनारायण यादव : सिरहा हरिनारायण चौधरी : सिरहा चुडामणि जंगली : कास्की दीपक देवकोटा : कैलाली रामचन्द्र साह : पर्सा इन्चार्ज बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - २३:५४:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology