काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले केही मिडियामार्फत भ्रम फैलाइएको हुँदा मिडिया काउन्सिल विधेयकको माध्यमबाट त्यसलाई नियन्त्रण गर्न खोजिएको बताएका छन्।
मन्त्री बाँस्कोटाले शुक्रबारको राष्ट्रिय सभामा युट्युबले जे गरेपनि पत्रकारिता भइरहेको बताए। युट्युबमार्फत भ्रम फैलाउन केही मानिसहरु लागिपरेको प्रति उनले आक्रोश व्यक्त गरेका छन्।
मन्त्री बाँस्कोटाले भने, युट्युबमा जसलाई जे पनि भनिएको छ। जे पनि आरोप लगाइएको छ। जवाफदेहिता छैन। उत्तरदायित्व छैन। जे पनि गर्न पाउने, त्यो नै पत्रकारिता होरुु
भ्रमलाई रोक्न खोज्दा प्रेसमाथि धावा बोलेको भन्दै विरोध गरिएको प्रति पनि उनले आक्रोश व्यक्त गरे।
उनले भने, भ्रम यतिसम्म छ कि संविधान नै खारेज गरौँ, संशोधन मात्रै होइन समाप्त गरौँ, अर्कै चिज लिएर आऔँ भन्ने कुरा आएका छन्। यो पनि पत्रकारिता होरु यसलाई नित्रयन्त्रण गर्न खोज्दा प्रेसमाथि धावा बोलेको हुन्छरुु
लोकतन्त्रको रक्षाका निम्ति यसविरुद्ध लाग्नेलाई छुट दिन नसकिने उनले बताए। मिडियामा गणतन्त्र र नेताहरुका बारेमा जथाभावी बोल्नेहरु प्रति लक्षित गर्दै उनले भने, ‘तानाशाही व्यवस्थामा चुँ नगर्ने, मुन्टो घोस्याएर हिँड्ने, अहिले गणतन्त्रलाई फाल्न मिल्छ र सिध्याउन सकिन्छ भन्नेरु कहिले देश टुक्राउन आउ, अर्कै व्यवस्थाका लागि गणतन्त्र समाप्त गर्न आउ भनेर ओपन च्यालेन्ज दिने? यो हेरेर बस्न सकिन्छ ?’
मन्त्री बाँस्कोटाले गणतन्त्र ल्याउनका लागि संघर्ष गरेका नेताहरुलाई सिध्याएर अघि बढ्न सकिन्छ भन्ने कुरा नसोच्न चेतावनी दिए।
उनले भनेका छन्, दशकौँ लडेर गणतन्त्र लिएर आएका नेताहरुलाई सिध्याएपछि गणतन्त्र नै सकिन्छ भन्ने र प्रेस स्वतन्त्रता यहि नै हो भनेर परिभाषित गर्न खोज्ने कुरामा सरकार सहमत हुन सक्दैन।
२०७६ भाद्र १३ गते प्रकाशित
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार -
२३:५९:४७ बजे