शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओली सिङ्गापुरबाट उपचार गरी फर्किँदै

प्रधानमन्त्री ओली सिङ्गापुरबाट उपचार गरी फर्किँदै

  • 4.1K
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज फर्किँदै छन्। प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए। मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए। सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको उपचार भएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि सिंगापुर पुगेका थिए। उनीहरु पनि प्रधानमन्त्रीसँग फर्किँदै छन्। प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा। दिव्यासिंह शाह भने फर्किसकेका छन्। २०७६ भदौ २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - १६:००:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology