काठमाण्डौँ । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन्। नेपाली फिल्म ‘पासवर्ड’मा आइटम डान्सरका रुपमा अभिनय गरेकी सन्नी उक्त फिल्मको प्रिमियर शो का लागि नेपाल आउने लागेकी हुन्।
सन्नी बिहीबार दिँउसो नेपाल आइपुग्ने कार्यक्रम रहेको फिल्मका प्रेस संयोजक दिनेश सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार बिहीबार साँझ काठमाडौंको कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो मा सन्नी लियोनी उपस्थित हुनेछिन्।
सम्राट बस्नेतको निर्देशन तथा विक्रमदास जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा २ करोड पारिश्रमिक लिएर सन्नीले अभिनय गरेकी छन्।
अधिकांश दृष्य नेपाल र लण्डनमा छायाँकन गरिएको फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, प्रविन खतिवडालगायतको अभिनय छ।
२०७६ भदौ २५ गते प्रकाशित