शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सहास नेपालको ईल्लिप परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

सहास नेपालको ईल्लिप परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

  • 7.0K
    SHARES
  • शिवराज आचार्य महादेबेशी । सहयोगी हातहरुको समुह (सहास नेपालको) थाक्रेमा जारी परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । थाक्रेमा जारी स्थानिय प्रयासमा जीविकोपार्जन सुधार परियोजना (ईल्लिप) धादिङको सामाजिक लेखा परिक्षण गरिएकोहो । दिगो विकाशका लागी संस्थागत विकासको अबधारण लिएर सञ्चालन भएको परियोजनाले थाक्रे गाउँपालिकामा कृषी,पशु ,स्वास्थ्य र खाद्यसुरक्षमा काम गर्दै आएको छ । सन् १०१९ देखि २०२१ सम्म थाके्रमा खाद्य सुरक्षा र जिविकोपार्जनमा सुधार कार्यक्रम सञ्चालन गर्ने परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताए । सहास नेपालले थाके्रमा ४५वटा समुह बनाएर काम गदै आएको छ । जसमा महिला समुह १६ वटा जनजाति समुह २३ वटा र दलित समुह ३ वटा रहेका छन । नागरिकलाई दैनिक रुपमा प्रयोग हुने किसिमको काम गरेको समुहमा आब्द्धता व्यक्तिहरुले बताएका छन । सामाजिक लेखा परिक्षणमा संस्थाले गरिरहेको कामको बारेमा परियोजना अधिकृत हरि प्रसाद अधिकारीले जानकारी दिनु भएको थियो । संस्थाको एक वर्षमा काम गर्ने बजेट २२ लाख १३ हजार रहेको जस मध्यमा ५ लाख ५७ हजार ५ सय १७ रुपैयाँ खर्च भएको परियोजना अधिकृत अधिकारीले बताउनु भयो । स्ांस्थाले गठन गरेको समुहमा ९० प्रतिशत महिला ,१० प्रतिशत पुरुष सहभागीता रहेको छ । थाके्र २ को घले गाँउमा रहेको फूलबारी कृषक समुहकी सचिव शर्मिला परियार लाई सिलाई कटाई मेसिन वितरण गरे पछि शर्मिला परियारले माशिक ५ हजार भन्दा बढि आम्दानी गर्न थालेको र परिवारमा राहत भएको छ । कार्यक्रममा बोल्नु हुदै थाके्र गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले संस्थाले गरेको काम पार्दशी र जिविकोपार्जनमा नागरिक लाई सहयोगी भएर काम गरेकामा प्रसंसा व्यक्त गर्नु भयो । संस्था सगै मिलेर गाउँपालिकाले काम गर्न बताउनु भयो । कार्यक्रमको अध्यक्षेता गनु भएका थाक्रेका अध्यक्ष राम कुमार आचार्यले परियोजना सुरु भएको यति छोटो अबधिमा पनि महत्व पूर्ण काम गरेको बताउनु भयो । संस्थाले गरेको कामको प्रभाब कारिताको बारेमा सबै जना लाई जानकारी दिने उदेश्यले कार्यक्रम गर्नु भएकोमा प्रसंसा गर्दै धन्यबाद दिनु भयो । समुह गठन गर्दा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत बनाउन आग्रह गरेका छन् । कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रुपाखेती, नि.प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल ,सहासका यच आर म्यानेजर सवन श्रेष्ठ ,थाक्रेका विभिन्न वडा अध्यक्ष ,थाक्रे गाउँपालिकाका विषयगत शाखाका प्रमुख ,पत्रकार ,संस्थाका कर्मचारी,समुहमा आबद्ध भएका स्थानिय हरुको सहभागीता रहेको थियो ।
    २०७६ भाद्र २६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - ००:३२:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology