शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कृत्रिम रगत बनाए वैज्ञानिकहरूले, जुनसुकै समूहका लागि पनि उपयुक्त

कृत्रिम रगत बनाए वैज्ञानिकहरूले, जुनसुकै समूहका लागि पनि उपयुक्त

  • 6.7K
    SHARES
  • काठमाडौं । वैज्ञानिकहरूले प्रयोगशालामा कृत्रिम रगत बनाएका छन् र जुनसुकै रक्तसमूहका मानिसलाई दिन मिल्ने दाबी गरेका छन् । जापानी विज्ञहरूको एक टोलीले रातो कोशिकासहितको रगत बनाएका छन् । त्यसमा अक्सिजन र प्लेटेलेट पनि छन् ।

    images
    images

    उक्त रगत १० वटा खरायोमा परीक्षण गर्दा ६ वटा बाँचे । जनावरहरूलाई प्राकृतिक रगत नै दिएको भए पनि यस्तै परिणाम आउने वैज्ञानिकहरूले बताएका छन् ।

    दुर्घटनास्थलमा तत्काल रगत चाहिएको व्यक्तिलाई यो रगत उपयोगी हुने वैज्ञानिकहरू बताउँछन् । रगत चढाउनुअघि रोगीहरूलाई चिकित्सकले रक्तसमूह पहिचान गरेर दिने गरेका छन् । केही एयरएम्बुलेन्सहरूले ओ नेगेटिभ रगत राख्ने गरेका छन् किनकि त्यो युनिभर्सल टाइप मानिन्छ र आकस्मिक पर्दा सबैलाई दिन सकिन्छ । तर यो एकदमै दुर्लभ रक्तसमूह हो ।

    कृत्रिम रगत तोकोरोजावा शहरमा रहेको नेसनल डिफेन्स मेडिकल कलेजका वैज्ञानिकहरूले तयार पारेका हुन् । उनीहरूले ट्रान्फ्युजन जर्नलमा यसको बारेमा लेखेका छन् । - एजेन्सी

    २०७६ असोज १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७६ बिहिवार - ००:५९:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology