शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सहास नेपालको पालिका स्तरिय वार्षिक समिक्षा बैठक सम्पन्न

सहास नेपालको पालिका स्तरिय वार्षिक समिक्षा बैठक सम्पन्न

  • 7.2K
    SHARES
  • थाक्रे । सहास नेपालले पालिका स्तरिय वार्षिक समिक्षा बैठक गरेको छ । थाक्रे गाउँपालिकाको हलमा भएको उक्त समिक्षा बैठकमा सहास नेपालले स्थानिय प्रयासमा जिविकोपार्जन सुधार परियोजना अन्तर्गत वर्षभरी गरेको गतिविधी तथा योजनाहरुको समिक्षा भएको हो । गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको उक्त समिक्षा बैठकमा परियोजना अधिकृत हरी प्रसाद अधिकारीले परियोजनाले वर्षभरी गरेको कामको बारेमा आफ्नोे प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । प्रस्तुती पछि भएको खुल्ला छलफलमा सहभागी वडा अध्यक्ष, पालिकाको विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरुले परियोजनाले गरेको कामको बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य उर्मिला रेग्मीले परियोजनाले गरेको काम राम्रो भएको भन्दै निरन्तरताको लागि शुभकामना दिनुभएको छ । यस्तै गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले परियोजनाले गरेको कामहरु राम्रो भएपनि कहिँ कतै समन्वयको अभाव रहेको सुझाव दिनुभएको छ । यस्तै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सहास नेपालले गरेको काम समुदायमा प्रभाव पार्ने खालको रहेको बताउनुहुँदै आगामी दिनमा काम गर्दा र योजना बनाउँदा गाउँपालिका, वडा कार्यालय सँग अझ धेरै समन्वय गर्न आग्रह गर्नुभएको छ । वडा अध्यक्षहरुलाई पनि सँस्थाको गतिविधीमा ध्यान दिएर सहकार्य र समन्वयका लागि अनुरोध गर्नुभएको छ । सहास नेपालले जलवायु मैत्री गाउँ बनाउन सुधारिएको धुवाँ रहित चुल्हो, भाँडा धुने स्ल्याब, गोबर ग्याँस बनाउने कार्यमा सहयोग साथै सहजिकरण, सामुदायिक बिउ बैंकको लागी समुदायलाई तालिम र सहजिकरण, कागतिका बिरुवा, प्लाष्टिक घरमा खेती र थोपा सिंचाई लगायतका प्रबिधि साथै समूह परिचालनका कार्यमा काम गरिरहेको छ । भावि पुस्ताका लागि न्यायिक र समृद्ध समाज भन्ने नारा सहित २०५३ सालमा स्थापना भएको सहास नेपालको कार्यक्षेत्र धादिङ सहित २२ जिल्लामा रहेको छ । यस अघि धादिङका साविकका गाविसहरु गजुरी, पिडा, जोगिमारा, बेनिघाट, सल्यानटार, मुलपानी, बुढाथुम र फुलखर्क कार्यक्षेत्र रहेको सँस्थाले सन् २०१९ देखी २०२१ सम्मका लागि थाक्रे गाउँपालिकामा खाद्य सुरक्षा र जिविकोपार्जनमा सुधारको लक्ष्य सहित काम गरिरहेको छ । २०७६ पौष १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १६, २०७६ बुधवार - ०२:३०:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology