आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भ्यालेन्टाइन डे मा 'लभ डायरिज'

भ्यालेन्टाइन डे मा 'लभ डायरिज'

शिवराज आचार्य

२, फाल्गुण २०७६
  • 4.6K
    SHARES
  • काठमाडौं । प्रणय दिवसलाई लक्षित गरेर चलचित्र ‘लभ डायरी’ शुक्रबारबाट मुलुकका ८० भन्दा बढी सिनेमा हलबाट रिलिज भएको छ । यो चलचित्रलाई सौरभ चौधरीको निर्देशन गरेका हुन् । यो चलचित्रमा आफूलाई प्रेमका महत्वपूर्ण पहललाई कैद गरेर दर्शकमाझ ल्याउन लागेको उनले जानकारी गराएका छन् । साहिल खान यो चलचित्रका एसोसिएट निर्देशक हुन् । सिनेमामा यो चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाहीलगायतका कलाकारको अभिनय रहेको छ । प्रेम कथामा निर्माण भएको यो चलचित्रको कथा मधु बास्तोलाले लेखेका हुन् । जसमा पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । सिनेमामा सहनिर्माताका रूपमा सरोज तुलाधर रहेका छन् । जसमा अर्जुन पोखरेलको संगीत, विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०७६ शुक्रवार - १९:५७:३३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology