शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समता स्कूल धादिङको पहिलो अभिभावक भेला सम्पन्न

समता स्कूल धादिङको पहिलो अभिभावक भेला सम्पन्न

नागरिक पाटी

४, फाल्गुण २०७६
  • 11.0K
    SHARES
  • धादिङ । समता स्कुल धादिङको प्रथम अभिभावक दिवसको अवसरमा बोल्दै मेयर ढुङ्गानाले गरिब जनताको छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम स्थानीय तहको भएको भन्दै समता स्कुलले राम्रो काम गरेको बताउनुभयो । टाई र सुट लगाएर १ सय रुपैँया माशिक शुल्क तिरेर गरिब र मध्यम आय भएका परिवारका छोराछोरी अंग्रेजी माध्यमबाट विद्यालय पठाउन पाउदा अभिभावकहरु खुसि देखीएको समेत बताउनुभयो ।संगैको बच्चा बोडिङ जाँदा आफ्नो छोराछोरीलाई अन्य विद्यालयमा पठाउदा अभिभावकहरुमा एक किसीमको नमजा लाग्नै भन्दै समताले गर्दा अभिभाव र विद्यार्थीहरुलाई समेत फाईदा भएको बताउनुभयो । वर्तमान कानुनले दिन मिल्ने सहयोग गर्ने भन्दै उहाँले लिखित रुपमैमा नगरपालिकामा निवेदन दिनको लागि आग्रह गर्नुभयो । गरिब र आर्थिक रुपमा विपन्न जनताका छोरा छोरी अध्ययन गर्ने विद्यालयलाई आवश्यक संरक्षण र सहयोग गर्ने दायित्व नगरपालिकाको भएको समेत बताउनुभयो ।समता स्कूल धादिङकी प्रधानाध्यापक सङ्गीता क्षेत्रीको अध्यक्षता रहेको अभिभावक भेलामा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समता स्कूलका केन्द्रीय निर्देशक दिपक सञ्जेलको विशेष आतिथ्यता तथा समता शिक्षा गुठीका व्यवस्थापक सुदर्शन पौडेल, समता शिक्षा गुठीका क्षेत्रीय प्रमुख नवीन पराजुली लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । ७७ जिल्लामा ७९ वटा विद्यालय सञ्चालन गरेको समता स्कूलमा हाल ४० हजार ३ सय २१ विद्यार्थीहरु मासिक सय रुपैया शुल्क तिरेर अध्ययन गरिरहेका छन् ।समता स्कूल धादिङलाई कक्षा १२ सम्म विस्तार गरी एक हजार विद्यार्थीहरुलाई अध्ययन गराउने लक्ष्यका साथ अगाडि बढेको केन्द्रीय निर्देशक दिपक सञ्जेलले बताउनु भयो । यस्तै निकट भविष्यमै एक सय शुल्कको नर्सिङ कलेज समेत स्थापना गर्ने तयारी रहेको सञ्जेलले बताउनु भयो । हाल समता स्कूल धादिङमा १ सय ६० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।   २०७६ फागुन ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - ०५:१३:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology