धादिङको धुनिवेशी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । नगरपालिकाको प्राङ्गणमा नगरपालिका, नेपाल प्रहरी र नगरवासी बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा विशेषगरी राजमार्गमा हुने गरेका दुर्घटनाको अवस्था, चोरी, डकैती, लुटपाट लगायत आगामी निर्वाचनमा सबैले अपनाउनुपर्ने सुरक्षाका उपायहरुका बारेमा छलफल गरिएको छ ।

यस्तै सहभागीबाट सोधिएका प्रश्नको जवाफ नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख अपुर्व ढुँगानाले दिनुभएको थियो ।
धुनिवेशी नगरपालिकाको आयोजना तथा ईलाका प्रहरी कार्यालय खानिखोलाको सँयोजनमा भएको कार्यक्रममा विभिन्न सँघ, सँस्थाका प्रमुख एवम् प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी लगायत स्थानियको सहभागिता रहेको थियो ।