शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भुमेस्थान साना किसान कृषि सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न

भुमेस्थान साना किसान कृषि सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

१९, पौष २०८२
  • 2.5K
    SHARES
  • भुमेस्थान साना किसान कृषि सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न

    भुमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेमा रहेको भुमेस्थान साना किसान कृषि सहकारी संस्थाले शनिबार वार्षिक साधारण सभा मनाएको हो।

    610779683_1728813255187064_6302121694743664515_n.jpg

    सँस्थाको अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता र थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा सँस्थाका अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम देखी आगामी निती तथा कार्यक्रमहरु उल्लेख गरिएको छ । त्यसै गरी संस्थाका प्रवन्धक नानु थापाको प्रतिवेदन, लेखा समिति संयोजक केदार प्रसाद पौडेलको आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको हो ।

    606610795_1728814348520288_5951925263672818469_n.jpg

    वि.स २०५० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी ३ करोड १६ लाख ९३ हजार ४ सय रहेको छ । जगेडा कोष रकम ३ करोड २८ लाख १३ हजार ५४ रुपैँया, निक्षेप रकम १३ करोड ४२ लाख ३७ हजार ९ सय ३४ रुपैँया, लगानीमा रहेको रकम २५ करोड १२ लाख ७४ हजार ७ सय ७७ रुपैँया, भाका नाघेको रकम ९९ लाख ७३ हजार ७ सय रुपैयाँ, खुद नाफा २४ लाख ६६ हजार ८ सय ६३ रुपैयाँ रहेको सहकारीको जम्मा पुँजी तथा दायित्व रकम ३१ करोड भन्दा माथी रहेको सहकारीका व्यवस्थापक नानु थापाले बताउनुभयो।

    संस्थामा अहिले २०४ वटा समुह तथा १२७९ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष थापाको भनाई छ ।

    607498456_1728813858520337_8351527752280622093_n.jpg

    थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष यन्त्र बहादुर थापा लगायतको विशेष आतित्थ्यता रहको थियो। कार्यक्रममा थाक्रे भित्रका साना किसान सहकारीका अध्यक्षहरुको आतित्थ्यता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १९, २०८२ शनिवार - १९:१८:३४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology