शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पप्पु कन्स्ट्रक्सन सहित ६ कम्पनी कालो सूचिमा

पप्पु कन्स्ट्रक्सन सहित ६ कम्पनी कालो सूचिमा

नागरिक पाटी

५, फाल्गुण २०७६
  • 8.3K
    SHARES
  • काठमाडौं । पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी कालो सूचिमा परेका छन्। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ताहाचल, काठमाडौंले सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालो सूचिमा राखेको हो। सूचना अनुसार ती कम्पनीहरू न्यूनतम एकवर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचिमा परेका छन्। अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचिमा राखेको छ। पप्पु कन्स्ट्रकसन संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारले स्थापना गरेको कम्पनी हो। हाल यो कम्पनीलाई उनका छोरा सुमित रौनियारले संचालन गर्दै आएका छन्। कार्यालयले अन्य ६ कम्पनीलाई समान एक(एक वर्षका लागि कालोसूचिमा राख्ने निर्णय गरेको छ। अन्य ६ कम्पनीहरूमा निशा सप्लायर्स, हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि (काठमाडौं), बारा कन्स्ट्रक्सन(काठमाडौं), एच.बि.केसी निर्माण सेवा (सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स (काठमाडौं) रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७६ सोमवार - १७:४९:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology