शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउ बढ्यो, तोलाको ७६ हजार ७ सय रुपैँया

सुनको भाउ बढ्यो, तोलाको ७६ हजार ७ सय रुपैँया

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 5.0K
    SHARES
  • काठमाडौं । नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको भाउमा मंगलबार बढेको छ । आज ९मंगलबार० छापावाल सुन तोलाको ७६ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको ७६ हजार ५ सयमा स्थिर थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सयले बढ्दै ७६ हजार ४ सय पुगेको महासंघले जनाएको छ । हिजो तोलाको ७६ हजार २ सयमा स्थिर रहेको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबारका लागि चाँदीको मूल्य तोलाको ८ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । हिजो सोमबार भने चाँदीको भाउ प्रतितोला ८ सय ८५ रुपैयाँ थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - २०:१५:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology