शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तोलाकै ८० हजार नाघ्यो सुनको मूल्य, मुल्य बढे सँगै सुनको कारोबार पनि खस्कियो

तोलाकै ८० हजार नाघ्यो सुनको मूल्य, मुल्य बढे सँगै सुनको कारोबार पनि खस्कियो

नागरिक पाटी

१२, फाल्गुण २०७६
  • 5.8K
    SHARES
  • काठमाडौं । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ । आइतबारको तुलनमा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ । मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । उनले बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०७६ सोमवार - २०:३२:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology