शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

११६ बर्षिय वृद्धा लाई प्रदेश सासंद मैनालीले गरे २५ हजार सहयोग

११६ बर्षिय वृद्धा लाई प्रदेश सासंद मैनालीले गरे २५ हजार सहयोग

विष्णु ठकुरी

२७, फाल्गुण २०७६
  • 6.9K
    SHARES
  • नुवाकोट, २६ फागुन - जेष्ठ नागरिक बाटुली लामिछानेलाई प्रदेश सासंद बद्री मैनालीले पच्चिस हजार नगद प्रदान गरेका छन् । सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन । यस अघि देखी नै उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्दै आएका छन् । अन्तरराष्ट्रिय श्रमिक नारी दिवसको दिन उनले पाच महिना बराबरको सहयोग रकम एक मुष्ठ प्रदान गरेका हुन । समाजसेवामा अब्बलता प्रस्तुत गर्दै आएका मैनालीले थानसिंग आपचौरकी ११६ बर्षिया वयो बृद्धा बाटुली लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक ५ हजार दिने घोषणा गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन । त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला रोग पिडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि रु २५ हजार रुपैया आर्थिक सहयोग गरेका थिए । सांसद मैनालीले बेला बेलामा अन्यलाई समेत सहयोग गर्दै आईरहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०७६ मंगलवार - ०२:५७:५२ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology