धार्के । सहयोगी हातहरुको समुह सहास नेपालले कोरोना सँक्रमणका अवस्थालाई रोकथाम तथा न्युनिकरण गर्ने उदेश्यले सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । सँस्थाले थाक्रे गाउँपालिका र पालिकाको स्वास्थ्य शाखा सँग समन्वय गरि कोरोना रोग सँग जनचेतनामुलक ब्यानर तयार गरि वडा कार्यालय सँगै सार्वजनिक स्थानमा टाँस गरेको हो ।
कोरोना रोग के हो, यसका लक्षणहरु के हुन्, यस रोगबाट कसरी बच्न सकिन्छ लगायतका बारेमा लेखिएको ब्यानर वडा कार्यालय तथा सार्वजनिक स्थानमा टाँस गरिएको सहास नेपालद्धारा सञ्चालित स्थानिय प्रयासमा जिविकोपार्जन सुधार परियोजनाका परियोजना अधिकृत हरी प्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस सँगै स्थानिय रेडियोमा कोरोना रोग, यसको लक्षण र बच्ने उपाय लगायतको बारेमा अडियो तयार गरि प्रसारण गरिएको छ । साथै उहाँले कोरोना रोगको सँक्रमण हुनबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गर्नुभएको छ ।

सहास नेपालले जलवायु मैत्री गाउँ बनाउन सुधारिएको धुवाँ रहित चुल्हो, भाँडा धुने स्ल्याब, गोबर ग्याँस बनाउने कार्यमा सहयोग साथै सहजिकरण, सामुदायिक बिउ बैंकको लागी समुदायलाई तालिम र सहजिकरण, कागतिका बिरुवा, प्लाष्टिक घरमा खेती र थोपा सिंचाई लगायतका प्रबिधि साथै समूह परिचालनका कार्यमा काम गरिरहेको छ ।
भावि पुस्ताका लागि न्यायिक र समृद्ध समाज भन्ने नारा सहित २०५३ सालमा स्थापना भएको सहास नेपालको कार्यक्षेत्र धादिङ सहित २२ जिल्लामा रहेको छ । यस अघि धादिङका साविकका गाविसहरु गजुरी, पिडा, जोगिमारा, बेनिघाट, सल्यानटार, मुलपानी, बुढाथुम र फुलखर्क कार्यक्षेत्र रहेको सँस्थाले सन् २०१९ देखी २०२१ सम्मका लागि थाक्रे गाउँपालिकामा खाद्य सुरक्षा र जिविकोपार्जनमा सुधारको लक्ष्य सहित काम गरिरहेको छ ।
यो पनि......
सहास नेपालको ईल्लिप परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न
सहास नेपालको पालिका स्तरिय वार्षिक समिक्षा बैठक सम्पन्न