शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाँक्रे गाउँपालिकाको मानविय सहायताका लागी सहास नेपाल द्धारा ५० हजार नगद सहयोग

थाँक्रे गाउँपालिकाको मानविय सहायताका लागी सहास नेपाल द्धारा ५० हजार नगद सहयोग

नागरिक पाटी

१८, बैशाख २०७७
  • 10.9K
    SHARES
  • धार्के । सहयोगी हातहरुको समूह(सहास) नेपालले थाँक्रे गाउँपालिकालाई मानविय सहायताका लागी सहयोग हस्तान्तरण गरेको छ । कोरोनाभाईरस कोभिड १९ काकारण यस लकडाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने र छाक टार्ने अतिबिपन्न ,दैनिकज्यालादारी र असहाय ब्यक्तिहरुका लागी लक्षितगरि सहयोग भएको हो । गाउँपालिकाले लिएको मानवीय सहायता सामाग्री सहयोग निति र आहनअनुसार एक द्धार प्रणाली मार्फत रु ५०,०००। को चेक हस्तान्तरण भएको हो । सो रकम बाट बिपन्न समुदायलाई प्राथमिकतामा राखेर गाउँपालिकाले वडा मार्फत खाद्यान्न सामाग्रीबितरण गर्नेछ । तत्कालको लागी यो रकम हस्तान्तरण गरिएको र अन्य सामुदायिक बिकासका गतिबिधिहरु थ्प गर्नका लागी पहल भईरहेको कुरा सहास नेपालका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताउनु भएको थियो । त्यसै गरि कार्यरत सबै संघ संस्थाहरुको बिषयगत कार्यक्षेत्र पहिचान गरि निश्चित क्षेत्रमा काम गराउन समन्वय गरि दिनको लागी पनि संस्थाको तर्फ बाट गाउँपालिकालाई अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले सहयोग सानो ठुलो हुँदैन, अप्ठ्यारो स्थितीमा गाउँपालिकालाई सहयोग गरिरहेकोमा सहास नेपाललाई धन्यबाद ज्ञापन गर्नुभयो । सहास नेपालले कोरोना भाईरस कोभिड १९ संग सम्बन्धितभएर समुदायमा सचेतना मुलक कार्यक्रमहरु निरन्तर संचालन गरिरहेको छ । यस अन्तर्गत सचेतनामुलक फ्लेक्स प्रिन्ट ११ वटै वडामा जम्मा ४१ वटा राखेको थियो । चेतनामुलक रेडियो सन्देश कार्यक्रम रेडियो राजमार्ग बाट नेपालीभाषा र कृषि रेडियो बाट तामाङ्ग भाषामा प्रशारण पनिगरिरहेको कुरा संस्थाका प्राबिधिक अधिकृत मनिक्षा आचार्यले बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १८, २०७७ बिहिवार - ०२:२३:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology