काठमाण्डाैँ । काठमाडौँ र भक्तपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार जम्मा संक्रमितको संख्या २१७ पुगेको छ ।
अधिकारीका अनुसार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडौँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक २६ जनामा कोरोना पोजेटिभ देखिएकोमा १८ जनाको पर्साका मात्रै रहेका छन । महोत्तरीका २, धनुषाका २ र सर्लाहीका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।