शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट जोगिन घरमै बस्न आग्रह गरिरहेका छौँ

कोरोनाबाट जोगिन घरमै बस्न आग्रह गरिरहेका छौँ

नागरिक पाटी

४, जेठ २०७७
  • 9.3K
    SHARES
  • विष्णु बहादुर नेपाली, प्रहरी नायब निरिक्षक, गल्छि प्रहरी चौकी हामीले धादिङको गल्छि गाउँपालिका ८ कटुवालपौवामा कोरोना सँक्रमित भेटिएपछि गाउँ सहित गल्छिबाट गाउँ पुग्ने बाटो आसपास पनि शील गरेका छौँ । शील सँगै सर्वसाधारणका लागि सुचना जारी गरेर जेठ ६ गते राती १२ बजे सम्मका लागि घरबाहिर ननिस्कन आग्रह गरेका छौँ । बजारमा पनि हामीले नियमित गस्ती गरिरहेका छौँ । गस्ती गर्दा हामीले बाटो हिँड्नेहरुलाई सम्झाई बुझाई गर्ने गरेका छौँ । कोरोनाबाट जोगिन घरमै रहन आग्रह गरिरहेका छौँ । यति हुँदा पनि उनिहरुले नमानेको अवस्थामा स्थानिय सरकार सँग समन्वय गरेर नियन्त्रणमा पनि लिन पर्ने हुन सक्छ । अर्को कुरा गल्छि गाउँपालिका भौगोलिक हिसाबले डाँडाकाँडा भएपनि टोली टोलीमा गस्ती गरिहेका हुन्छौँ । म के भन्न चाहन्छु भने तपाइहरु घरमा बस्नुस्, कोरोनाबाट जोगिन माक्स, स्यानिटाईजरको प्रयोग गर्नुस् । तपाईलाई केहि अप्ठ्यारो परे हामीलाई भन्नुस् । https://youtu.be/rtRdDFmdAWk नागरिकपाटीकर्मी विपिन मल्लले गर्नुभएको कुराकानीमा आधारीत

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७७ आइतवार - १७:०७:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology