राजकुमार नेपाली
नुवाकोट । स्वावलम्बन लघुबित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय खड्गभञ्ज्याङ्गले कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिदुर नगरपालिकालाइ १० हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । शाखा प्रमुख राम कुमार श्रेष्ठले सोमबार बिदुर नगरपालिकाका उप प्रमुख गिता दाहाल अर्याललाइ रु १० हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।
सहयोग रकम ग्रहण गर्नुहुँदै बिदुर नगरपालिकाकि उप प्रमुख गिता दाहाल अर्यालले सहयोग सानो ठुलो र धेरै थोरै नहुने भन्दै संस्थालाइ धन्याबाद व्यक्त गर्नुभएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण, रोकथाम, नियन्त्रण, उपचारका साथै न्युन आय भएका समुदायलाई दैनिक उपभोग्य सामग्रि बितरणमा सहयोग पु¥याउने उदेश्यले सानो सहयोग रकम उपलब्ध गराएको शाखा प्रमुख राम कुमार श्रेष्ठले बताउनु भएको छ ।
संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ग्राहक तथा समुदायको हितका लागि बिभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यावस्थापनका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।