शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गजुरी स्थित एक घरमा आगलागी, १० लाख बढिको क्षति

धादिङको गजुरी स्थित एक घरमा आगलागी, १० लाख बढिको क्षति

नागरिक पाटी

२१, जेठ २०७७
  • 33.7K
    SHARES
  • धादिङको  गजुरी स्थित एक घरमा आगलागी, १० लाख बढिको क्षति

    उद्धव चेपाङ
    धादिङ । गजुरी गाउपालिका वडा नम्वर ३ ग्याङराङ्का बिर बहादुर दोङ्को घरमा आगलागी भएको छ । आगलागीका कारण घरमा भएको धान, मकै, लत्ता कपडा भाडा कुडा पुर्ण रुपमा क्षती भएको छ । आगलागिका कारण मानबिय क्षती भने भएको छैन । घरको अभिभाबक बारीमा काम गर्न गएको बेलामा बालबालिकाले लाइटर खेलाउदा आगलागी भएको ग्याङराङका धन बहादुर भुजेलले जानकारी दिनुभयो ।

    images
    images

    आगालागीका कारण खरको छानो भएको घर, जस्ताको छानो भएको गोठ, १० मुरी धान, १० मुरी मकै, १४ मुरी कोदो, १५ हजार रुपैया नगद, ५० हजार बराबरको गर गहना लत्ता कपडा र एक वटा भैसी सहित अनुमानित १० लाख भन्दा माथी क्षेती भएको पनि उहाले बताउनुभयो । घरमा आगलागी भएपछी बिर बहादुर दोङको तिन बालबालिका सहित ५ जनाको परिवार छिमेकीको घरमा बस्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - ०२:०१:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology