शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १२ सहित अहिले सम्म २७८ जनाले कोरोना संक्रमण जितेर घर फर्किए

थप १२ सहित अहिले सम्म २७८ जनाले कोरोना संक्रमण जितेर घर फर्किए

नागरिक पाटी

२२, जेठ २०७७
  • 8.7K
    SHARES
  • थप १२ सहित अहिले सम्म २७८ जनाले कोरोना संक्रमण जितेर घर फर्किए

    काठमाडौं । बुधबार देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण अस्पतालबाट १९औँ दिनमा निको भएर घर फर्किएकी छिन्।

    images
    images

    जनकपुर अस्पतालबाट पाँच जना डिस्चार्ज भएका छन्। २० वर्षिया महिलासहित १९ देखि ४० वर्षीय तीनजना पुरुषहरु ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन्। उनीहरु धनुषा,महोत्तरी र सर्लाहीका हुन्। टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष डिस्चार्ज भएका छन्। उनी ९ दिनमा डिस्चार्ज भएका हुन्।

    बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहट ३४ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। उनी १५औँ दिनमा डिस्चार्ज भएका हुन्। बुटबलबाट ४ जना डिस्चार्ज भएका छन्। उनीहरु अर्घाखाँची र कपिलवस्तुका पुरुषहरु हुन्। १८ देखि १४ वर्षका पुरुषहरु १० देखि २५ औँ दिनको अवधिमा संक्रमतलाई जितेर घर फर्किएका हुन्।

    यसरी हालसम्म प्रदेश १ मा ४८, प्रदेश २ मा १०९, बागमती प्रदेशमा ३१ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा ८० र सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म २२२ पुरुष र ५६ महिला गरी २७८ जनाले कोरोना संक्रमण जितेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - ०१:२३:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology