धादिङ । धादिङमा सँकट व्यवस्थापन केन्द्रको बैठक बसेको छ । केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले लकडाउन अर्थात बन्दाबन्दिको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला सँग सिमाना जोडिएका नाकाहरुमा थप कडाई गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट गस्ती गर्ने निर्णय गरेको छ । यस्तै धादिङ र काठमाण्डौँको सिमाना पिप्लामोड र बेनिघाट रोराङको मौवाखोलामा मानिसहरुको पैदल यात्रा पुर्ण रोक लगाउने निर्णय गरेको छ ।
यस्तै अति आवश्यकिय खाद्यान्न निर्माण सामाग्री लगायत अन्य सामानहरु उद्योग वाणिज्य सँघको समन्वयमा मात्र आपुर्ति व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

यसैगरी आम नागरिकका लागि अत्यावश्यक दैनिक उपभोग्य बस्तुको सहज आपुर्तिका लागि बिहान देखी बेलुका सम्म दुध र तरकारी पसलहरु खुला गर्ने र अन्य प्रकृतीका पसलहरु बिहान ११ बजे देखी अपरान्ह ४ बजे सम्म सबै खुला गर्ने निर्णय गरेको छ । तर जिल्लाका विभिन्न स्थानिय तहहरुले पसल तथा बजार खोल्नका लागि आफु अनुकुल निर्णय गरेका छन् ।
धादिङमा अहिले सम्म ४ जना कोरोना रोगबाट सँक्रमित भएकोमा ३ जना निको भई घर फर्किसकेका छन् । १ जनाको उपचार भैरहेको बैठकमा जानकारी गराईएको छ ।