काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या १० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिनअघि मृत्यु भएको थियो । यो पनि कोरोना पुष्टि भएको हो ।