काठमाण्डौँ। प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा पालक र १ जना आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका सहयोगी गरी ६ जनामा कोरोना पुष्टि भएको हो । गत १६ गते सचिवालय ३ सय ४४ जनामा कोरोना परीक्षण गरिएको थियो जसको रिपोर्ट आज बिहिबार आएको हो । उनीहरूमा कोरोना पुष्टि भएसँगै प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिएका छन् ।