काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा आज शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले बिहीबार निधन भएका सुर्खेतका २० वर्षीय युवकको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए ।
उनी जेठ ८ गते भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका थिए । २२ जेठमा घर गएका उनको सोही दिन मृत्यु भएको थियो । क्वारेन्टाइनमा बस्दा उनमा कुनै लक्षण नदेखिएको देवकोटाले जानकरी दिए । उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।