शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जेठ २५ देखि छोटो दुरीका सवारी साधन चलाउन प्रस्ताव

जेठ २५ देखि छोटो दुरीका सवारी साधन चलाउन प्रस्ताव

नागरिक पाटी

२३, जेठ २०७७
  • 18.7K
    SHARES
  • जेठ २५ देखि छोटो दुरीका सवारी साधन चलाउन प्रस्ताव

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । कोभिड १९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले चरणबद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्नेगरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

    images
    images

    यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्नेगरी लामो दुरीमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १७:४९:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology