शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

प्रदेश २ मा एक साथ कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जिते

प्रदेश २ मा एक साथ कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जिते

नागरिक पाटी

२४, जेठ २०७७
  • 7.0K
    SHARES
  • प्रदेश २ मा एक साथ कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जिते

    काठमाण्डौँ । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन्। गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका १४ पुरुष र एक महिला कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका हुन्।

    images

    धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका संक्रमित घर फर्केको प्रादेशिक अस्पताल जनकपुरका डा। कुलदिप पण्डितले जानकारी दिए। उनका अनुसार ७ जना नेपाली र ८ जना भारतीय नागरिक घर फर्केका छन्। डिस्चार्ज हुनेमा १८ वर्षदेखि ४५ वर्षका व्यक्ति रहेको डा। पण्डितले बताए। डिस्चार्ज गरिएकाहरुमा कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षण नदेखिपछि दोस्रो र तेस्रो पटक स्वाब लिएर १४ दिनमा घर पठाइएको डाक्टर पण्डितले जानकारी दिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १०:४३:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology