शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बर्दियाका प्रजिअ अधिकारी सहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

बर्दियाका प्रजिअ अधिकारी सहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

नागरिक पाटी

२६, जेठ २०७७
  • 10.5K
    SHARES
  • बर्दियाका प्रजिअ अधिकारी सहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो ।

    images
    images

    नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीहरूमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

    संक्रमित सवारी चालकले सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो । चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेसनमा राखिएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १०:१५:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology