धादिङ । धादिङमा मानसिक रोगको समस्या भएकी महिलामा पनि कोरोना सँक्रमण देखिएको छ । संक्रमित हुनेमा दुई वर्षदेखि गजुरी आदमघाट बजारमा घुमिहिँड्ने मानसिक रोगकी बिरामी महिला रहेको जनाईएको छ ।
राजमार्गमा फिरन्ते जीवन बिताइरहेकी करिब ४५ वर्षीय महिलालाई सहयात्री समाज नेपालले काठमाडौंको मानव सेवा आश्रममा पठाउन खोजे पनि त्यसका लागि पीसीआर रिपोर्ट मागेकाले स्वाब परीक्षण गरिएको थियो । परीक्षणले उनको कोरोना पोजिटिभ देखाएको हो । धादिङमा हालसम्म पुष्टि भएका संक्रमितको संख्या २३ पुगेको छ । यसअघि सोमबार नै अन्य १६ जनाको सँक्रमण पुष्टि भईसकेको छ ।
यो पनि हेर्नुहोस्..
धादिङका १६ जनामा एकैदिन कोरोना सँक्रमण
धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि
धादिङमा कोरोना सँक्रमितको सँख्या बढ्दै गएपछि सँकट व्यवस्थापन केन्द्रको यस्तो निर्णय
गजुरी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्तर्गतको भवनलाई आईसुलेशन सेन्टर बनाईने