आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गजुरीमा मानसिक अवस्था ठिक नभएकी महिलामा कोरोना संक्रमण, कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या

गजुरीमा मानसिक अवस्था ठिक नभएकी महिलामा कोरोना संक्रमण, कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या

नागरिक पाटी

२७, जेठ २०७७
  • 12.3K
    SHARES
  • गजुरीमा मानसिक अवस्था ठिक नभएकी महिलामा कोरोना संक्रमण, कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या

    धादिङ । जिल्लाको गजुरी गाउँपालिका-५ घाटबेसी क्षेत्रमा एक महिनादेखि बेवारिसे अवस्थामा रहेकी ३२ वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको गजुरी गाउँपालिका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिएका छन ।

    images


    बेवारिसे अवस्थामा भेटिएपछि नियमित खाना खुवाउने लगायतका कार्य गर्ने समेतलाई पीसीआर जाँच गर्नका लागि गाउँपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाएको छ।

    सडकमा डुलिहिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गरिएको थियो ।

    परीक्षणपछि कोरोनाको लक्षण देखिएकोले उनिसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत समस्या भएको छ । मनोसामाजिक समस्या भएकी महिला भएको र अन्य रोगसमेत भएको आशंका गरिएको छ ।

    महिला आफैँमा बोल्दा अगाडिको कुराहरु सम्झेर बोल्न र कुरा गर्नसक्ने हालतमा नभएकोले कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिएका हुन । कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब जेठ २१ गते संकलन गरिएको थियो । रासस

    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १२:३९:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology