धादिङ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया विफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले धादिङमा थप १६ जना व्यक्ति कोरोना सँक्रमित भएको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १२ जना पुरुष र ४ जना महिला सँक्रमित रहेको जानकारी गराएका हुन् ।
यद्यपी धादिङमा सोमबार नै सार्वजनिक भएको कोरोना सँक्रमितको सँख्या स्वास्थ्य मन्त्रालयको मिडिया विफ्रिङमा बुधबार जानकारी गराईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत डा भुवन पौडेलले नागरिकपाटी डटकमलाई बताए । उनले मन्त्रालयमा रिर्पोट गराउन ढिला भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा सँकलन गरेर पठाईएको स्वाबको नतिजा आज जानकारी गराईएको बताएका हुन् । यस अघि धादिङको निलकण्ठ नगरपालिकाका १६ जनामा कोरोना सँक्रमण भएको समाचार प्रकाशित भईसकेका छन् । यस्तै गजुरीको मानसिक समस्या भएकी महिलाको स्वाब सँकलन गरेर चितवन पठाईएकाले त्यहाँबाट मन्त्रालयमा रिर्पोट हुन बाँकी रहेको हुन सक्ने डा. पौडेलको भनाई छ ।
यो सँगै नेपालमा थप २७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ २७९ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।
बुधबारसम्म अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । बुधबारसम्म १ लाख १० हजार ७४४ पिसिआर परीक्षण गरिएको र १ लाख ७२ हजार ८८० आरडिटी परीक्षण गरेको उनले जानकारी दिए । बुधबारसम्म १ लाख ७२ हजार २६६ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ६७५ जना आइसोलेसनमा रहेका छन् । बुधबारसम्म नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।