शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लकडाउन खुकुलो : आजबाट के खुल्छ, के खुल्दैन् ?

लकडाउन खुकुलो : आजबाट के खुल्छ, के खुल्दैन् ?

आशिष ठकुरी

२९, जेठ २०७७
  • 11.7K
    SHARES
  • लकडाउन खुकुलो : आजबाट के खुल्छ, के खुल्दैन् ?

    काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै आजबाट पसलहरु खुल्ने छन् भने निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्न दिईने छ । मन्त्रिपरिषद्को निर्णयसँगै आजबाट स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक, औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री वितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण, फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा लगायत सञ्चालन हुनेछन् ।

    images
    images

    यस्तै, सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य, कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य, उत्पादनशील उद्योग, निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय, विकास आयोजना ,निर्माण कार्य ९निजीसमेत०, नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण, रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा, क्वारेन्टिनका लागि तोकिएका होटल, बिजुलीका सामान बिक्री र मर्मत स्थान, विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप, पुस्तक पसल तथा स्टेसनरी, सबै प्रकारका ढुवानी सेवा, अत्यावश्यक सेवाका कार्यालय र सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी सञ्चालन गर्न दिईने छ ।

    यि हुन् बन्द रहने सेवाहरु

    शैक्षिक संस्था, सपिङ मल, डिपार्टमेन्ट स्टोर, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान, सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन, २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर, खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति लगायतका क्रियाकलाप भने बन्द रहनेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १०:१७:४६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology