शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप सात जना कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

धादिङमा थप सात जना कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

आशिष ठकुरी

२९, जेठ २०७७
  • 16.4K
    SHARES
  • धादिङमा थप सात जना कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

    धादिङ । धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिएका छन ।

    images
    images

    उनीहरूमध्ये सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । सुरुमा आरडीटी विधिबाट परीक्षण गरे पनि त्यसमा विश्वास नभएर फेरि ५५ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको थापाले जानकारी दिएका हुन ।

    गाउँपालिकाका सातवटै वडामा एकरएक वटा क्वारेन्टिन बनाइएको छ । जसमध्ये वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर पठाइएको थियो । संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने अध्यक्ष थापाले जानकारी दिनु धएको छ । धादिङमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १५:१०:३३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology