शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितका संख्या ५ हजार माथी

आज थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितका संख्या ५ हजार माथी

नागरिक पाटी

३०, जेठ २०७७
  • 8.5K
    SHARES
  • आज थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितका संख्या ५ हजार माथी


    काठमाण्डौ । नेपालमा आज शुुक्रवार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये ४ सय २४ जना पुरुष छन् भने २४ जना महिला संक्रमित छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । कुल संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष संक्रमित छन् भने ३ सय ५३ जना महिला संक्रमित छन् ।

    images
    images

    स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज नेपालमा एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै उनीहरु सबैको स्वासथ्य अवस्था सामान्य रहेको बताए । उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । नेपालमा हिजो बिहीवार एकैदिन २५० जनामा संक्रमण पुष्टि भएको थियो । आज थपिएका संक्रमितको संख्या एकैदिन पुष्टि भएका संक्रमितको हालसम्मकै उच्च संख्या हो ।

    यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । देशका ७७ मध्ये ७२ वटा जिल्लामा यो संक्रमण फैलिएको छ । ७ प्रदेशमध्ये कोरोनाको सबैभन्दा धेरै प्रभाव प्रदेश २ मा परेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - १६:४५:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology